अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापतिमाा देउवाको परिवर्तन व्यक्ति होइन, प्रवृतिको परिवर्तन हो : पौडेल

सभापतिमाा देउवाको परिवर्तन व्यक्ति होइन, प्रवृतिको परिवर्तन हो : पौडेल


काठमाडौ-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताउनुभएको छ ।

काठमाडौ शनिबार क्रियाशिल सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुग्नुभएका नेता पौडेलले संवाददाताहरूसँग संक्षिप्त प्रतिक्रिया दिदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताउनुभयो । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोशिष भईरहेको पनि नेता पौडेलले बताउनुभयो ।

समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उहाँले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार रहेको खुलासा उहाँले गर्नुभयो । तर आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उहाँको तर्क थियो ।

उहाँले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशिल सदस्यताको विवाद असार मसान्तभित्र टुंगिने विश्वास आफुले लिएको बताउनुभयो ।

भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताउनुभएको छ ।