काठमाडौं- बीएण्डसी मेडिकल कलेजको अनुगमन समितिद्वारा संयुक्त रुपमा प्रतिवेदन बुझाउन नसक्ने भएको छ ।
प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको अनुगमन टोलीमा रहनुभएका डा. भोजराज अधिकारी टोलीबाट बाहिरिएसँगै समस्या पैदा भएको छ । चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराज लुइँटेलले समितिका सदस्य डा. रमेश आचार्य र डा. भोजराज अधिकारीले छुट्टाछुटै लिखित रुपमा प्रतिवेदन बुझाउन नसक्ने जानकारी दिएको बताउनुभयो ।
साउन ९ गतेदेखि परीक्षा सुरु हुने भएकाले केही ढिला हुने भएको छ ।
अनुगमन समितिका सदस्य डा. भोजराज अधिकारीले आफ्नो नाम जोडिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचारहरु आएकाले नैतिकताका आधारमा आफू अनुगमन टोलीमा संलग्न हुन नसक्ने र प्रतिवेदन बुझाउन नसक्ने बताउनुभएको छ ।
बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले यदि सम्बन्धन नदिने हो भने राज्यले मेडिकल कलेज लिएर सञ्चालन गर्न आग्रह गरिसक्नुभएको छ ।
प्रतिक्रिया