काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रधानमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराउनुभयो ।
प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिलबहादुर गुरूङलाई शपथ गराउनुभयो ।
समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलगायत मन्त्रीहरू सहभागी हुनुहुन्थ्यो ।
सरकारले मंगलबा पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।
प्रतिक्रिया