अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीपहिरोको क्षति निरीक्षणका लागि प्रचण्ड मनाङमा

बाढीपहिरोको क्षति निरीक्षणका लागि प्रचण्ड मनाङमा


काठमाडौं– बाढीपहिरोको क्षति निरीक्षणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल मनाङ पुग्नुभएको छ ।

असार १ गतेको बाढीपहिरोले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उहाँहरू मनाङ पुग्नुभएको हो । जिल्लाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उहाँहरू मनाङ जानुभएको बताइएको छ ।

यहाँ आएका प्रचण्ड, ऊर्जामन्त्री भुसालसँगै पूर्वमन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।