अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपरासीको एक होटलमा युवतीको मृत्यु

नवलपरासीको एक होटलमा युवतीको मृत्यु


पूर्वीनवलपरासी– त्रिवेणीधाममा रहेको एक होटलमा युवती मुत्यु भएको छ । त्रिवेणीधाममा रहेको होटल शाही प्यालेसमा बास बसेकी १८ वर्षीया साइना अन्सारीको मृत्यु भउको हो ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका १२ का एक युवकसँग शुक्रबार राति बास बस्नआएकी अन्सारीको पेट दुखेपछि राति नै चौपत्तास्थित सामुदायिक अस्पतालमा लगिएको थियो ।

अस्पताल पुग्ना साथ अन्सारीको अत्यधिक रक्तश्रावले भएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । युवतीसँगै होटलमा गएका परासीका अजय राजभर अस्पतालबाटै फरार भएका छन् ।

दुवै एकै गाउँका रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।