अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ३२१८ जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

आज ३२१८ जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु


काठमाडौं– शनिबार थप ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पीसीआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ ।

कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ ।