काठमाडौं– नेकपा एमालेका सचिव, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।
उहाँकी आमा महेन्द्रादेवी भट्टराईको आज ९५ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । उहाँलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो ।
परिवारका अनुसार भट्टराईको अन्तिम संस्कार आजनै पशुपति आर्यघाटमा गरिनेछ ।
प्रतिक्रिया