अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा आज ७६५ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

प्रदेश १ मा आज ७६५ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु


विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार पाँच जनाको पिसिआर परीक्षण गर्दा ३१२ र एक हजार ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५३ गरी कूल ७६५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीमध्ये मोरङमा १०० मध्ये विराटनगरमा १७, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३ तथा तेह्रथुम र उदयपुरमा दुई–दुई जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ४५८ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये २०५ महिला र २५३ पुरुष छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा सात महिलासहित १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।