काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
राष्ट्रपति र अध्यक्ष ओलीसँगको भेलगत्तै नेकपा एमालेको आज बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा आजको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएका थिए। पार्टीको आन्तरिक विवाद मिलाउन आजको बैठक नेपाल पक्षको आग्रहमा सोमबार बस्नेगरी अध्यक्ष ओलीले स्थगित गर्नुभएको हो ।
प्रतिक्रिया