अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य राज्यमन्त्रीको अस्पतालले पनि तिरेन महानगरलाई कर [सूचीसहित]

स्वास्थ्य राज्यमन्त्रीको अस्पतालले पनि तिरेन महानगरलाई कर [सूचीसहित]


काठमाडौं– काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम सार्वजनिक गरेको छ । महानगरले उनीहरूलाई ३० दिनको अल्टिमेटमसमेत दिएको छ ।

राजस्व विभागको पटकपटकको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको महानगरले जनाएको छ । विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ ।

कर नतिर्ने सूचीमा काठमाडौं-१६ को बालालु चोकस्थित जनमैत्री अस्पताल पनि छ । यो अस्पतालमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको समेत लगानी छ ।

समयमै कर नतिर्ने करदाता :