अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक गर्नुअघि सरकारको साझा कार्यक्रमलाई अन्तिम रूप दिइयो

सार्वजनिक गर्नुअघि सरकारको साझा कार्यक्रमलाई अन्तिम रूप दिइयो


काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएको छ ।

आज बिहान साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम दिएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

‘हामीले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन हेर्नुभयो । नेताहरुले फाइनल गर्नुभयो,’ कार्यदलका संयोजकसमेत रहेका खड्काले भन्नुभयो ।

अब आज दिउँसो ४ बजे सिंहदरबार सार्वजनिक गर्न लागिएको खड्काले बताउनुभयो ।