अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवेन्द्र दाहालको प्रश्न : परमादेशको सरकारले किन विद्येयक ल्याउँदैन?

देवेन्द्र दाहालको प्रश्न : परमादेशको सरकारले किन विद्येयक ल्याउँदैन?


काठमाडौं– नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले प्रतिनिधि सभालाई किन विजनेस दिइरहेको छैन भनेर प्रश्न गर्नुभएको छ ।

आजको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘सरकारले विद्येयक किन ल्याउँदैन? प्रतिनिधिसभालाई किन विजनेस दिँदैन? सभामुख स्वयमले किन यो विजनेसको लागि पहल गर्नुहुन्न?’

दाहालले राष्ट्रिय सभाबाट पारीत भएका विद्येयकहरू प्रतिनिधिसभामा रोकिएको बताउनुभयो । उहाँले रोकिएका ती विद्येयकहरू राष्ट्रियसभामा फिर्ता हुनुपर्ने समेत बताउनुभयो ।

राष्ट्रियसभा सदस्य दाहालले अहिलेसम्म पनि सरकारले किन पूर्णता नपाएको भन्दै प्रश्नसमेत गर्नुभयो ।

त्यस्तै, उहाँले सरकारले हालै ल्याएको साझा नीति तथा कार्यक्रम र सरकारमा सामेल मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा पनि धारणा राख्नुभयो । सांसद दाहालले आचारसंहितामा उल्लेख गरिएका केही बुँदाप्रति गम्भीर आपत्ति जनाउनुभयो ।

‘आचारसंहितमा मन्त्रीहरूले भ्रष्टाचार गर्न नपाउने भन्ने लेखिएको रहेछ, भ्रष्टाचार एकद्वारा प्रणाली अथवा भ्रष्टचार र कमिसनको काम जति सबै प्रधानमन्त्रीमार्फत हुने रैछन् कि केहो?,’ उहाँले प्रश्न गर्नुभयो, ‘मैले १४ बुँदे आचारसंहितको बुँदा नम्बर १० बाट त्यस्तै कुरा बुझे । किनभने यहाँ कतै पनि प्रधानमन्त्रीलाई आचारसंहितालाई समेटिएको छैन ।’