अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा सुमो दुर्घटना : चालकको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा सुमो दुर्घटना : चालकको मृत्यु, पाँच जना घाइते


हेटाैँडा– काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् ।

घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।