अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खिमलाल देवकोटाको आग्रह : मन्त्री र सचिवका कोठामा सीसी क्यामेरा राखौं

खिमलाल देवकोटाको आग्रह : मन्त्री र सचिवका कोठामा सीसी क्यामेरा राखौं


काठमाडौं– राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले हरेक मन्त्री र सचिवका गोप्य कोठमा सीसी क्यामरा राख्न सरकारलाई सुझाव दिनुभएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सांसद् देवकोटाले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीका कोठा-कोठामा पनि सीसी क्यामेरा राख्न सुझाव दिनुभयो । सीसी क्यामेरा जोड्न धेरै खर्च पनि नलाग्ने र धेरै कुरा रोक्ने दाबी पनि उहाँले गर्नुभयो ।

‘हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेका काम कारबाहीको बारेमा कोठा बाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस्, यसो भयो भने कर्मचारीका अनावश्यक भेटघाट रोकिने, कार्यालय समयमा आइपुग्ने, कार्यालय छोडेर एनजिओ(आइएनजिओका कार्यक्रम र अनावश्यक रूपमा रिबन काट्न जाने बानीमा सुधार आउने, विचौलियाहरूसँगको उठबस हट्ने र सामाजिक सञ्जालमा भुल्ने प्रवृत्ति हट्छ,’ उहाँले भन्नुभयो ।

गुप्त कोठाबाट गरिने कामकारबाहीले शासकहरू अपारदर्शी भएको उहाँको भनाइ छ । शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउन सरकारलाई सुझाव दिनुभयो ।