काठमाडौं– गठबन्धनका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा, गठबन्धनबाट शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
उक्त कार्यक्रम कार्यदल संयोजक रहेका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वाचन गरेर सुनाउनुभएको थियो । खड्का नेतृत्वमा कांग्रेसका २, माओवादीका २ र जसपाका २ गरी सात सदस्यीय कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम बनाएको हो ।
सरकारको प्राथमिकतामा कोरोनाविरुद्ध चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा खोप दिने उल्लेख छ । पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्
प्रतिक्रिया