अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विभाजनमा अघि बढ्न नेपाललाई प्रचण्डपछि बाबुरामको साथ

एमाले विभाजनमा अघि बढ्न नेपाललाई प्रचण्डपछि बाबुरामको साथ


काठमाडौं -नेकपा एमाले विभाजन गर्नका लागि प्रचण्डपछि माधव नेपाललाई बाबुराम भट्टराईले साथ दिनुभएको छ । यस अघि पटक पटक हुन लागेको सहमती तोड्न प्रचण्डको दबाब झलेका नेता नेपाललाई एमालेमा नफर्कन भट्टराईले सुझाव दिनुभएको छ ।
‘माधवजीलाई हामीले एमालेबाट उद्धार गर्नुछ ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड दिन बिराएर कोटेश्वर पुग्नुहुन्छ । जब जब एमालेको विवाद किनारा लाग्ने अवस्थामा आउछ तब तब प्रचण्ड कोटेश्वर पुगेर नेपाललाई एमालेमा नफर्कन दबाब दिनुहुन्छ । नेपालले बोलाएको केन्द्रीय कमिटीमा पनि यस्तो भेटलाई नेताहरुले ‘अस्वभाविक’ भनेका थिए ।
नेपाललाई एमाले विभाजनमा अग्रसर गराउन अब संघीय समाजवादीका नेता भट्टराई पनि अग्रभाग देखिनुभएको छ । माधव नेपालको नाम नलिइ भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ‘ढुक्क भएर पहिले कै पार्टी वा गुटतिर नफर्कन’ सजग गराउनुभएको छ ।
कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है१ पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा। भट्टराईले लेख्नुभएको छ , ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अतः ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’