अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाका कारण काँग्रेस निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुग्यो : पौडेल

देउवाका कारण काँग्रेस निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुग्यो : पौडेल


काठमाडौं -नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचन आयोगमा भिख माग्ने अवस्थामा पु¥याएको बताउनुभएको छ ।
आवज बिहान सामाजिक सञ्जालमा लेख्दै पौडेलले पार्टीको महाधिवेशन अनेक बहानामा सारेर अहिले निर्वाचन आयोगमा भिख माग्नुपर्ने अवस्थामा पार्टी पुगेको उल्लेख गर्नुभएको छ । पार्टी महाधिवेशन गर्न नसकेर असफल भएका व्यक्ति नै सत्तामा पुग्नु देश कै विडम्बना भएको पौडेलको भनाइ छ ।
पौडेल लेख्नुहुन्छ ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्दछन् ।’
पार्टी महाधिवेशन समयमा नभएको दुखेसो पौडेल सविस्तार पोख्नुभएको छ । ‘पार्टीको विधानले महाधिवेशन अवधी चार बर्ष भने पनि असाधरण परिस्थिती भनेर एक बर्ष थपियो । देशको संविधानलाई समाएर छ महिना बढाइयो’ पौडेल लेख्नुहुन्छ ‘आज आए पनि महाधिवेशन नगराएर काँग्रेसलाई निर्वाचन आयोगसाग भिख माग्ने निरिह अवस्थामा पु¥याइएको छ । वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही के हुन्छ ?’