काठमाडौं -पार्टीको भावी रणनीति तय गर्न नेकपा एमालेको स्थायी र केन्द्रीक कमिटीको बैठक आज बस्दैछ ।
विहान ११ बजे पार्टी स्थायी कमिटी र दिउसो तीन बजे केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
आजको बैठकमा विधान महाधिवेशनको तयारी,पार्टीको असन्तुष्ट पक्षलाई मनाउने बिषय र विधान संसोधनका बारेमा महत्वपूर्ण निर्णय हुने नेताहरुले बताएका छन् ।दुवै बैठक च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा हुनेछन् ।
प्रतिक्रिया