अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद बिस्तार किन तैं चुप मै चुप

मन्त्रिपरिषद बिस्तार किन तैं चुप मै चुप


काठमाडौं -सरकार बनेको महिनादिनसम्म पनि मन्त्रिपरिषले पूर्णता नपाउनु आफैंमा अचम्म छदैछ । त्यो भन्दा अचम्म त सातादिन यता त मन्त्रिपरिषद बिस्तारको चर्चा न प्रधानमन्त्रीले गर्नुभएको छ न प्रचण्डले । मन्त्रिपरिषद बिस्तारमा सत्ता गठबन्धनका नेताहरुले किन जाँगर नदेखाएका होलान् त ? आखिर उनीहरु तैं चुप मै चुुप हुनुपर्ने कारण के हो ?
यसले दुईवटा कुरा संकेत गर्दछ । पहिलो, मन्त्रिपरिषद बिस्तारका बिषयमा सत्तारुढ गठबन्धनका दलहरु बीच विवाद भएर यस बिषयमा न प्रधानमन्त्री शेरबहादुर देउवा प्रवेश गर्न चाहनु भएको छ न त माओवादीका अध्यक्ष प्रचण्ड नै । दोस्रो आन्तरिक विवादका कारण गठबन्धनका दलहरुलाई मन्त्री छान्न सकस परिरहेका बेला यो च्याप्टर नै केही समयका लागि बन्द गर्न नेताहरु लागिपरेका छन् ।
सरकारले हिजो न्यूनतम साझा कार्यक्रम सावर्जनिक गर्ने क्रममा प्रचण्डले पटक पटक उठाएको राजनीतिक संयन्त्रको बिषय समेटिएन । यसबाट के बुझिन्छ भने प्रधानमन्त्री देउवा प्रचण्डले जे भन्यो त्यही मान्ने पक्षमा हुनुहुन्न । ‘उहाँहरुको आफ्नै पावर सेयरिङमा झमेला छ मन्त्रिपरिषद बिस्तार न प्रचण्डको न देउवाको प्राथमिकताको बिषय हो’ काँग्रेसका एक नेताले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले आफूले उपप्रधानमन्त्री नराख्ने भनेर आज समाचार बाहिरएका छन् । यसबाट सत्ता गठबन्धन अझै पनि सरकार कस्तो बनाउने भन्ने बिषयमा नीतिगत रुपमा स्पष्ट नभएको देखिन्छ । यो निर्णय कार्यन्वयन हुने हो भने स्वंय देउवा र प्रचण्डका लागि हाइसन्चो हुनेछ । किनकि प्रचण्डलाई पनि दोस्रो तहका नेताहरुले उपप्रधान दाबी गरेर हैरान पारेका छन् देउवालाई पौडेल खेमाले उस्तै हैरानी दिएको छ । ‘एउटै निर्णयले दुवैको पिडामा मल्हम लगाउने भएपछि उपप्रधानमन्त्री नराख्ने निर्णय कार्यन्वयन पनि हुनसक्छ’ एक नेता भन्छन् ‘तर यसले पार्टी भित्रको शक्ति सन्तुलनलाई झन् विवादित रुपमा सतहमा ल्याइदिन्छ । ’
तथापी महामारीका बीचमा स्वास्थ्य मन्त्रालय राज्यको मन्त्रीको जिम्मामा छ । अन्य मह्त्वपूर्ण मन्त्रालय महिनादिन देखि मन्त्रीबिहीन छन् । प्रधानमन्त्रीको सचिवालय अघोषित व्यक्तिहरुले सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा मन्त्रीपरिषद बिस्तारलाई अनेक बहानमा धकेल्दै देशलाई सत्ता स्वार्थको बर्बादितिर धकेल्ने काम मात्र भइरहेको छ ।