अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा खारेजीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जसपा खारेजीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


काठमाडौं– राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले राजपा समाजवादी पार्टीको एकीकरण प्रक्रिया नै नमिलेकाले जसपा खारेज गर्नुपर्ने माग गर्दै रिट दिनुभएको थियो ।

सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो ।