अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार अपवित्र गठबन्धन : ओली

वर्तमान सरकार अपवित्र गठबन्धन : ओली


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अपवित्र गठबन्धनबाट बनेर आएको बताउनुभएको छ । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले देउवा नेतृत्वको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले वर्तमान सरकार देशभक्त शक्तिविरुद्ध बनेको गठबन्धनको सरकार भएको पनि दाबी गर्नुभयो ।

‘बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विश्वास नगरेर अपवित्र गठबन्धनको संस्कृतिको विकास भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यस संस्कृतिको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिकाविरुद्ध आक्रमण केन्द्रीत गर्ने । यसलाई उहाँहरू लोकतान्त्रिक संस्कृति भन्नुहुन्छ । सुरु कसरी गर्नुहुन्छ भने नेकपा एमाले सरकारका पालामा गरिएको नियुक्ति खारेज गरेर ।’