अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भत्काइदेउ मेराे याद आउने सबै चिजहरू : अध्यक्ष ओली

भत्काइदेउ मेराे याद आउने सबै चिजहरू : अध्यक्ष ओली

0
Shares

काठमाडौं– आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा काम वर्तमान सरकारले भटाभट बदर गर्न थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटीको बैठकमा एउटा गीत सुनाउनुभएको छ ।

प्रेमध्वज प्रधानले गाउनुभएको गीतको शैलीमा अध्यक्ष ओलीले भन्नुभयो, ‘भत्काइदेउ धरहरा, पुरिदेउ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक ,पुल र विमानस्थलहरू ओली याद आउने सबै चिजहरू ।’

‘भत्काइदेउ धरहरा, पुरिदेउ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरू ओली याद आउने सबै चिजहरू । अदालतको परमादेश बाट बन्दै गरेको सरकार,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एक महिनासम्म गठन हुन नसकेकोले बन्दै गरेको सरकार । हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीहरूको किचलो छरपष्ट भएको छ के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ?’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले देउवा नेतृत्वको सरकारले ल्याएको न्यूनतम कार्यक्रम आफूहरूविरुद्धको गाली गलौजको पुलिन्दासमेत रहेको बताउनुभयो ।

‘सरकारको न्युनतम कार्यक्रम हामीविरुद्ध गाली गलौजको पुलिन्दा हो। असंवैधानिक र अपवित्र नन्दिभृगी जालिझेलिहरूको गठबन्धन हो । भ्रष्टाचारीलाई कारबाही गर्ने रे । कयान्टेनमेन्टको भ्रष्टाचार विगतको लुट निजी सम्पति कब्जा ठेकेका कब्जा छानबिन हुन्छ । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भए?’ उहाँले प्रश्न गर्नुभयो, ‘संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान होरु हाछ्यु खाय बाछ्यु खाय झुसे बारुलो । एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गरिनेछ ।’