काठमाडौं– नेपालको हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चामलले बनेको मार्सी बियर बजारमा उपलब्ध भएको छ । टाइगर्स ब्रुअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
‘मार्सी चामल’ को चौतर्फी चर्चा र ग्राहकहरूको मागसँगै नै सोही मार्सी चामलले नै बनेको मार्सी बियर पनि अब- मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा उपलब्ध छ ।
मार्सी बियर विशुद्ध नेपाली उत्पादन हो । मार्सी बियर अन्य बियरहरूभन्दा फरक स्वादको भएको कम्पनीको दावी छ । ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध छ ।
मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ । साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुन्छन् जसमा अन्न आफैको स्वाद आउँदैन । तर मार्सी बियरले ‘नेपाली माटोको स्वाद’अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया