अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा आज ९५४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा आज ९५४ जनामा कोरोना संक्रमण


विराटनगर– प्रदेश नं १ मा कोभिड-१९ बाट ९५४ जनासङ्क्रमित भएका छन् । एक हजार ७४४ जनाको पिसीआर परीक्षण गर्दा ५५४ र एक हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सयमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापा २५७, मोरङ १३८ मध्ये विराटनगर ६१, सुनसरी ९९, इलाम १९, धनकुटा १८, उदयपुर छ, सङ्खुवासभामा दुई, पाँचथर र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ ।

तीन सय ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।