अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशन सार्न कानुनी परामर्शमा देउवा

महाधिवेशन सार्न कानुनी परामर्शमा देउवा


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनका सन्दर्भमा कानुनी परामर्श सुरु गर्नुभएको छ ।

भदौ १६–१९ का लागि निर्धारित महाधिवेशन हुने सम्भावना कमजोर बन्दै गएपछि देउवा कानुनी परामर्श सुरु गर्नुभएको हो । सोमबार सभापति देउवाले भदौमा महाधिवेशन गर्न नसक्दाको विकल्पबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग कुराकानी गर्नुभएको छ ।

साउन २८ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका पेस गर्ने तयारी रहेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रमुख निर्वाचन आयुक्त थपलियालाई टेलिफोन गर्नुभएको थियो ।