अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकाको निषेधाज्ञा फेरि थपिँदै, संक्रमण बढेकाले कडाइ गर्ने तयारी

उपत्यकाको निषेधाज्ञा फेरि थपिँदै, संक्रमण बढेकाले कडाइ गर्ने तयारी


काठमाडौँ- काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ ।

यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ ।

परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने कि भन्नेबारे छलफल गरेर निर्क्यौलमा पुगिने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।