अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको इजलासमा

शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको इजलासमा


काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंबर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य लीला गिरीले दायर गर्नुभएको रिट न्यायाधीश राउतको इजलासमा परेको छ ।

रिटमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने दाबी गरिएको छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएकोले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने तर्क रिट निवेदकको छ।