काठमाडौं– नेकपा एमालेका सांसद खिमलाल भट्टराईले केपी ओली पुनः जनतामाझ गएर सत्तामा आउने बताउनुभएको छ ।
आज बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले सडक, चोक, सदन र सरकार सबैतिर केपी ओलीकै प्रभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन, त्यो राजनेता फर्केर आउँछ ।’
केपी ओलीलाई कसरी हटाइयो भन्ने जनताले छर्लंग बुझेका पनि उहाँले बताउनुभयो । ‘नेपालले विकासमा फड्को मार्छ, जनताको जीवन बद्लिन्छ भन्ने थियो, जसबाट आशा गरिएका थियो उसलाई घेराबन्दी गरियो, गुटबन्दीबाट उसलाई हटाउने काम भयो, मुद्दा मामिलाबाट हटाउने काम भयो, ढोकाबाट हैन, झ्यालबाट हटाउने काम भयो, आज जनताले पनि चोकचोकमा यही चर्चा गरेको पाउँछौँ,’ सांसद भट्टराईले भन्नुभयो ।
केपी ओलीको निष्ठामाथि बारम्बार प्रहार भइरहेको पनि उहाँले बताउनुभयो ।
सांसद घट्टराईले केपी बालुवाटार सिंहदरबार छाडेर गए पनि राजनीति उहाँकै वरिपरि घुमेको पनि बताउनुभयो । सडकमा होस् वा सदनमा होस् केपीकै चर्चा हुने गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया