काठमाडाैं– राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नेकपा एमालेकाे सरकार जनताका लागि थियाे भन्ने पुन: पुष्टि भएकाे बताउनुभएकाे छ ।
आज बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद घिमिरेले केपी नेतृत्वकाे एमाले सरकार जनताका लागि थियाे र हाे भन्ने कुरा पुन पुष्टि भएकाे बताउनुभएको हो ।
नेपाली कांग्रेसका एक नेताले कांग्रेस हुनेखानेकाे पार्टी हाे भनेकाे प्रसंग उठाउँदै उहाँले भन्नुभयाे, ‘नेपाली कांग्रेस गरिब र सुकुम्बासीकाे पार्टी हाेइन हुनेखानेकाे पार्टी हाे, यदि यहाँ काेही गरिब र सुकुम्बासी आएका छाै भने तिमीहरूकाे भाेट हामीलाई चाहिँदैन, हामीलाई भाेट नहाल्नु भनेकाे भाषण अहिले सबैकाे कानमा गुञ्जिरहेकाे छ, ती गरिब, सुकुम्बासी र भूमिहीनलाई पूर्जा नदिने निर्णय सायदै सरकारले यही नीतिका गरेकाे हुनुपर्छ हामीलाई त्यस्ताे लागिरहेकाे छ ।’
नेकपा एमालेकाे सरकार जनताका लागि रहेछ भन्ने पुष्टि भएकाे बताउँदै सांसद घिमिरेले भन्नुभयाे, ‘एमालेकाे सरकार जनताका लागि रहेछ, भूमिहीन सुकुम्बासीका लागि रहेछ भन्ने पुन: पुष्टि भएकाे छ, आयाेग भंग गर्न जति सजिलाे भयाे त्यसकाे मूल्य चुकाउन सरकारलाई कठिन हुनेछ ।’
सरकार सञ्चालनकाे संयन्त्र बनाउन खाेजिएकाे भन्दै उहाँले संविधानभन्दा बाहिरबाट त्यस्ता संयन्त्र नचलाउन सरकारकाे ध्यानाकर्षणसमेत गराउनुभयाे ।
प्रतिक्रिया