अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक सुरु, केही बेरमा ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभा बैठक सुरु, केही बेरमा ओलीले सम्बोधन गर्ने


काठमाडौं– प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने भएको छ ।

दोस्रोपटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सरकार छाड्नुभएका ओलीले पहिलोपटक विपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्न लाग्नुभएको हो ।

ओलीले भूमि आयोग विघटनलगायतका विषयमा पार्टी धारणा राख्नु हुनेछ ।

२०७४ सालमा संसदमा सबैभन्दा ठूलो दलको नेताकोरुपमा ओलीले झण्डै साढे ३ वर्ष सरकारको नेतृत्व गर्नुभएको थियो ।