काठमाडौं– राष्ट्रिय सभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेश गरिएको छ ।
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । यस्तै गुरुङले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गर्नुभयो ।
यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ राष्ट्रियसभा समक्ष पेश गर्नुभयो ।
प्रतिक्रिया