अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतलाई विवादमा नल्याउन सरकारलाई ओलीको आग्रह

अदालतलाई विवादमा नल्याउन सरकारलाई ओलीको आग्रह


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले अदालतलाई विवादमा नल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दे उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

‘म सत्तापक्षका माननीय ज्यूहरूलाई आग्रह गर्न चाहन्छु अदालतलाई धेरै विवादमा ल्याइरहनुपर्ने छैन । अदालतले जे गर्‍यो त्यसको समीक्षा होला, त्यसको मूल्यांकन होला । त्यसका वाक्यवाक्य, शब्दशब्दलाई इतिहासले मूल्यांकन गर्ने नै छ,’ ओलीले भन्नुभयो, ‘कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन सक्दैन ।

साथै, उहाँले आफू प्रधानमन्त्रीबाट हट्नु परेकोमा कुनै चिन्तासमेत नहरेको दोहोर्‍याउनुभयो ।