अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘म प्रधानमन्त्री बन्न जन्मिएको होइन’

‘म प्रधानमन्त्री बन्न जन्मिएको होइन’


काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताउनुभयो ।

‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु । म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ,’ उहाँले भन्नुभयो ।

ओलीले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताउनुभयो ।