काठमाडौं– प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले असाधारण जनमतका साथ फेरि सरकारमा आउने बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटोबाट आउँछु,’ ओलीले भन्नुभयो ।
उहाँले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताउनुभयो ।
ओलीले भन्नुभयो, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएका हुन् ।’
प्रतिक्रिया