अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ?

देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ?


काठमाडौं– प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ ।

संयुक्त सरकारको साँझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नगरेको देखेपछि उहाँले प्रम देउवालाई यस्ताे प्रश्न गर्नुभएको हो ।

‘एमसीसी बिर्सिनुभयो क्या हो? एमसीसी मैले त यहाँ देखिन कतै,’ प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘अनि केपी ओलीले कतै एससीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ? गाली गर्ने फेरि मेरै क्लिप खोजेर वातावरण बनाउन खोज्ने? संयुक्त सरकारको साँझा न्यूनमत कार्यक्रममा एमसीसी के गर्नुहुन्छ भन्नु परेन? नेपाली जनताले जान्न चाहेका छन् प्रधानमन्त्री ज्यू के गर्नुहुन्छ एमसीसी तपाई?’