काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।
‘संविधानको स्वीकार्यता भएको छ । आवश्यकता पर्यो भने संविधानको संशोधन पनि गर्नुपर्छ । त्यसलाई संविधानको अस्वीकार्यता भन्न मिल्दैन । सरकारले अघिल्ला सरकारले गरेका राम्रा कामहरूलाई पनि निरन्तरता दिनुपर्छ,’ उहाँले भन्नुभयो ।
ओलीले पछिल्लो समय सत्तारुढ दल र प्रतिपक्षबीच संवादहीनताको अवस्था आएको पनि आरोप लगाउनुभयो ।
प्रतिक्रिया