काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर घाँटी सेर्ने काम गरेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले सरकारले आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताउनुभएको हो ।
गठबन्धनले सरकारको नेतृत्व गर्दा दसैं आउँदा केटाकेटी रमाए जस्तो गरिरहेको समेत अध्यक्ष ओलीले बताउनुभयो । उहाँले एक महिनासम्म सरकारले केही काम नगरेर बधाई र धन्यवादमै अल्झिएको बताउनुभयो ।
प्रतिक्रिया