अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरै पार्टीका केही मान्छेहरू यहाँका पछि कुदेका छन्, तिनीहरूलाई मन्त्री दिनुस् : ओली

मेरै पार्टीका केही मान्छेहरू यहाँका पछि कुदेका छन्, तिनीहरूलाई मन्त्री दिनुस् : ओली


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग व्यंग्यात्मक अनुरोध गर्नुभएको छ ।

उहाँले माधवकुमार समूहका नेताहरूलाई मन्त्री बनाउन अनुरोध गर्नुभएको हो ।

‘सम्माननीय प्रधानमन्त्री ज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन् । तिनीहरू मन्त्री दिनुस् न किन बिलम्ब गर्नुभएको हो?,’ आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘पछि त लगाइसक्नुभयो, पछिपछि हिँड्या छन् हिँड्या छन्, कुदेका छन् कुदेका छन्, फ्याँफ्याँ स्वाँस्वाँ गर्‍या छन्, मन्त्री खान पाउँ भन्या छन्, बिहानबेलुकै चाकरीमा हाजिर भएका छन्, मन्त्री दिनुस् प्लिज । बरू मेरो दलमा अलि घाटा भए पनि सहुँला ।’