अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

चितवनमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइते


चितवन– चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एकापसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जाको पुतली बजार नगरपालिका–४ बस्ने वर्ष २६ को सुशील पोखरेलको मृत्यु भएको हो ।

पोखरेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी दुई घाइते भएका छन् ।

घाइते हुनेमा बा ४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको पौवादुङमा गाउँपालिका–४ बस्ने वर्ष २४ को सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडि सवार सोही स्थानका २१ वर्षीयको जय कार्की रहेका छन् ।