अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ४९०४ जनामा कोरोना पुष्टि, ३५ संक्रमितको मृत्यु

आज ४९०४ जनामा कोरोना पुष्टि, ३५ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका कोरोना पुष्टि भएको हो ।

त्यस्तै, आज ३५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ ।