अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवाद उन्मुख अर्थराजनीतिक मोडलका बारेमा छलफल

समाजवाद उन्मुख अर्थराजनीतिक मोडलका बारेमा छलफल


काठमाडौं– नेपाली समाजको परिर्वतन विकास र रूपान्तरणमा जनताको बहुदलीय जनबादको योगदानका बारेमा सरोकारवालाहरूले चर्चा गर्नुभएको छ ।

मदन भण्डारी फाउन्डेशनद्धारा आयोजित कार्यक्रममा राजनीतिक क्षेत्रमा जबजको सिद्धान्तबाट आमूल परिर्वतन भएको उनीहरूको भनाई थियो ।

कार्यक्रममा डा. प्रेम दंगालले जबजले समाजवादसम्म पुग्ने तहसम्म कसरी मार्गनिर्देश गर्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा समृद्ध समाजवाद निमार्णमा अहिले भइरहेको परिर्वतन र उपलब्धिलाई पूर्णता दिने कार्यमा अर्थतन्त्रका सवै क्षेत्रको योगदानलाई बढाउनुपर्ने उल्लेख छ ।

डा. दंगालले आर्थिक राजनीतिक, सामाजिक,सांस्कृतिक, असमानता र विभेद अहिलेबाटै हटाउँदै अगाडि बढनुपर्नेमा जोड दिनुभयो । छलफलमा उत्पादन र उत्पादकत्व वृद्धिको चरण भएकाले अर्थतन्त्रमा सवै अवयवहरूमा केन्द्रित भएर अघि बढनुपर्ने उल्लेख छ ।

जबजले ल्याएका परिर्वतनमा राजतन्त्रको अन्त्य, संघिय व्यवस्थाको अवलम्बन, समानुपातिक सहभागिता, धर्म निरपेक्षता, राजनीतिक, आर्थिक सवै विषयमा समाजवाद उन्मुख हुने व्यवस्था गरिनु उपलब्धि भएको बताइएको छ ।

छलफलमा सहभागी डा. कुन्दन अर्याल, चेतन अधिकारी, गोपाल खनाललगायतले पनि समाजवाद उन्मुख अर्थराजनीतिको मोडलका बारेमा आ-आफना सुझाव दिनुभएको थियो ।