काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल भएको छ ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको हो ।
प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २८ गते दिउँसो १ बजे बस्ने छ ।
प्रतिक्रिया