अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कसैको टाङमुनि छिर्नेवाला छैनौँ : माधव नेपाल

कसैको टाङमुनि छिर्नेवाला छैनौँ : माधव नेपाल


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको विरुद्ध लाग्दा पद गुमाउने सांसदलाई पुनः चुनाव जिताएर ल्याउने आश्वासन दिनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले सांसद पद धरापमा पर्यो भनेर नडराउन आफ्ना समर्थकलाई आग्रह गर्नुभयो । ‘सत्यको पक्षमा लड्दा सांसद पद गए जिताएर ल्याउने जिम्मेवारी मेरो भयो’, कार्यक्रममा बोल्दै नेपालले भन्नुभयो ।

नेपालले आफू कसैको टाङमुनि नछिर्ने बताउनुभयो । ‘कसैको टाँगमुनि छिर्नेवाला छैनौँ, सत्यको पक्षमा लड्नुस्, हाम्रो साथ छ’, उहाँले भन्नुभयो ।

सहासी र बहादुर बन्दा दम्भी र घमण्डी बन्ने खतरा हुने बताउँदै उहाँले विनम्र बनेर सत्य र न्यायको बाटोमा अगाडि बढ्न समर्थकलाई सुझाव दिनुभयो ।

जीवन भनेकै सेवा भएको बताउँदै सेवा गर्नको लागि पवित्र राजनीतिक भाव हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।