बुटवल- लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले गएराती राजिनामा दिनुभएको छ ।
सरकारमा बसेर राम्रैसँग काम गरिरहेको भए पनि परिस्थिती भिन्न भएकोले राजिनामा दिनु परेको पाण्डेयले उल्लेख गर्नुभएको छ । जनता समाजवादी पार्टीले सरकारबाट फिर्ता हुने निर्णय गरेकोले नैतिकताको आधारमा राजिनामा दिएको उहाँले उल्लेख गर्नुभएको छ ।
विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोख्रेल विरुद्ध तेस्रो पटक राखेको अविस्वासको प्रस्तावमा छलफल हुने अघिल्लो रात मन्त्री पाण्डेयको राजिनामाा आएको हो । लुम्बिनी प्रदेशसभामा आज पोख्रेल विरुद्धको अविस्वासको प्रस्ताव माथी छलफल हुदैछ ।
प्रतिक्रिया