अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलधारका मिडियालाई पूर्व सञ्चार मन्त्री बाँस्कोटाको कटाक्ष -एमसीसी अब ‘गैल भैंस पानी मे’

मुलधारका मिडियालाई पूर्व सञ्चार मन्त्री बाँस्कोटाको कटाक्ष -एमसीसी अब ‘गैल भैंस पानी मे’


काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले बहुचर्चित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई हिन्दी कहावत गैल भैंस पानी मे सरह भएको बताउनुभएको छ ।
मंगलबार राती सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले मुलधारका मिडियाले कुनैबेला खुबै उछालेको यो बिषय वर्तमान सरकार आएपछि एकाएक सेलाउनुलाई उक्त कहावतसँग तुलना गर्नुभएको हो ।
पूर्व सुचना तथा सञ्चार मन्त्री समेत रहनुभएका बाँस्कोटाले कथित मुलधारका मिडियाले आफ्ना इच्छा जबरजस्ती पाठक समक्ष लाद्धने गरेको पनि स्पष्ट भएको उल्लेख गर्नुभएको छ । ‘आफ्नो इच्छा जबरजस्ती पाठक माथी लाद्ने अरुले राखेका कुरा लुकाउने सकल दर्जाका एबिसीवाला रहेछन्’ बाँस्कोटाले लेख्नुभएको छ ‘तिनको प्रिय एमसीसी पनि गैल भैंस पानी मे भएछ ।’