अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा


काठमाडौं– काठमाडौं नेपाल रेल्वे कम्पनीका महापबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।
सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टिकरण सोधेको थियो ।

रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारी भइरहेको अवस्थामा आफूलाई हठात् स्पष्टिकरण सोधेर सरकारले प्रतिशोध साँधेको भट्टराईको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा जनाइएअनुसार मन्त्तालयका नियुक्तीहरू तथा मापदण्डमा व्यवस्था नै नभएका विषयमा आरोप लगाएर स्पष्टिकरणको नाटक मञ्चन गरिएको भट्टराईद्वारा जारी राजीनामा उल्लेख छ ।

‘अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध विभिन्न अवाच्छित स्वार्थहरूको गठजोडबाट बनेको गंगटे सरकारले गरेको जनविरोधी कामको जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य र मान्यताले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको अध्यक्षबाट राजिनमा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

भट्टराईलाई गत वर्षको असार ४ गते मन्त्रिपरिषद्ले महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।