काठमाडौं– राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सुकुम्बासीको निवेदन हाल्ने ९० प्रतिशत मानिस फर्जी भएको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै विडारीले भूमि आयोग सुकुम्बासीको खेती गर्न बनेको बताउनुभयो । ‘अहिले ९० प्रतिसत उजुरी वेसुकुम्बासीको परेको छ, यो उजुरी प्रायः जग्गा जमिन अन्त भएकाको परेको छ’, उहाँले भन्नुभयो ।
उहाँले एम्सीसी संसदमा आउनु पर्ने विषय नभएको पनि बताउनुभयो । एमसीसी जबरजस्ती सदनमा ल्याउने काम गरिएको उहाँको भनाइ छ ।
भारतले नेपालको भूमि मिचेको नक्सा केपी ओली प्रधानमन्त्री भएको बेला सार्वजनिक गरेको विडारीको भनाइ छ । उहाँले केपी ओली प्रधानमन्त्री भएको बेलामा नै भारतले नेपालको जमिनमा सडक खनेर उद्घाटनसमेत गरेको उहाँले बताउनुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल आगो अर्थात् भगवानको प्रतिक भएको पनि उहाँले बताउनुभयो । तर केपी शर्मा ओलीले उहाँलाई नचिनेर डँढेलोको आरोप लगाएको विडारीको भनाइ छ । ‘आगो र डढेलोसम्मको अर्थ नबुझ्ने मान्छेहरू प्रधानमन्त्री भए, आगो गजबको चिज, अग्नि देवता, शक्ति, आगोलाई नजिस्क्याउ भन्ने चिज, डढेलो भनेको विध्वंश’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया