अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले बालुवाटार जग्गा प्रकरण र क्यान्टोनमेन्ट घोटला छानविन गरोस् : कोमल वली

सरकारले बालुवाटार जग्गा प्रकरण र क्यान्टोनमेन्ट घोटला छानविन गरोस् : कोमल वली


काठमाडौं– राष्ट्रियसभा सदस्य कोमल वलीले वाइडबडी विमान, ओम्नी घोटाला प्रकरणको छानविन गर्न माग गर्नुभएको छ । उहाँले भ्रष्टाचारबारे धेरै भाषण भएको उल्लेख गर्दै निष्पक्ष छानविन गर्न आग्रह गर्नुभएको हो ।

‘वाइडबडी छानविन गरौं, अरुण थर्डको छानविन गरौं, टनकपुरको छानविन गरौं, बालुवाटारको छानविन गरौं, ओम्नीको छानविन गरौँ, आयल निगमको जग्गा अनियमितताको पनि छानविन गरौँ, क्यान्टोनमेन्टको घोटालाको पनि छानविन गरौं । ठूला–ठूला क्यान्टोनमेन्टको पनि छानविन गरौं । १ सय ६५ सांसदको समर्थन पाएको छ छानविन गरौं न,’ आज राष्ट्रिय सभाको बैठकमा उहाँले भन्नुभयो ।

सांसद वलीले धेरै जलविद्युत आयोजनाहरू विदेशीको इसारामा बनेको बताउँदै जलश्रोतको दोश्रो धनी देश आज व्यापार घाटाको अवस्थामा पुगेको उल्लेख गर्नुभयो ।

उहाँले केपी ओलीको जस्तो सरकार अहिलेसम्म नबनेको दावी समेत गर्नुभयो । ‘अरू साथीहरूलाई केपी ओली नभएपनि अरू बहादुर ओलीहरूले विकास गर्छन् भन्ने लागेको होला । नेपालमा पच्चीस वर्षसम्म कति सरकार बने होलान्, कति प्रधानमन्त्री बने होलान्, मेलम्चीको सपना पूरा गर्न र धारामा पानी झार्न केपी ओली नै किन चाहियो । किन पर्खेको? त्यसमा भट्राचार कति भयो होला, कति ठेकेदार भागे होलान्, सचिवसँग कति पैसा मागियो होला, त्यसका नाममा कति गाडी चुँडियो होला? हिसाब किताब हामीसँग पनि छ,’ सांसद वलीले भन्नुभयो ।