अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता डिसीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता डिसीद्वारा राजीनामा


बुटवल– लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै मुख्य न्यायाधीवक्ता डिसीले पनि मुख्यमन्त्रीमार्फत् प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाउनुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्य न्यायाधीवक्ता डिसीले नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड क बमोजिम प्रदेश प्रमुख समक्ष राजीनामा दिएको जनाउनुभएको छ ।