अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : गगन थापा

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : गगन थापा


सिन्धुपाल्चाेक– पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गर्नुभएको छ । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गर्नुभएको हो ।

मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो । उहाँले तत्काल नदी तटबन्ध गर्ने, पुल निर्माण गर्ने, टुटेका सडक सञ्जाल निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले भ्रेमाथाङको पहिराको अध्ययन भइरहेको बताउँदै केही दिनमै त्यसको जानकारी आउने समेत बताउनुभयो ।

अघिल्लो सरकारले घोषणा गरेको तत्कालका लागि रु ५० हजार र घर बनाउन दिइने रु पाँच लाख पीडितले कहिले पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वमन्त्रीसमेत रहनुभएका थापाले त्यो छिट्टै नै कार्यान्वयन भएर आउने दाबी गर्नुभयो ।